
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले स्वागत गरे।
क्यानडा र अमेरिकामा नेपालले लिग टुमा ८ खेल खेल्दा जम्मा १ खेल जितेको थियो भने ५ खेलमा हार बेहो¥यो। दुई खेल वर्षाका कारण रद्ध भएको थियो।