जोडिनुहोस
  • होमपेज
  • चितवनमा दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

चितवनमा दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ।

मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्य तीन पुरुष र एक महिलाको परिचय खुल्न सकेको छैन्।

दुर्घटनापछि उपचारका लागि लगिएका उनीहरू सबैको मृत्यु भरतपुर अस्पतालमा भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

ज्यान गुमाउने र घाइते सबै माइक्रोबसका यात्रुहरू हुन्। बसमा सवार यात्रुहरूको अवस्था भने सामान्य नै रहेको र चालक घाइते भएको प्रहरीले जनाएको छ।

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान ३ बजे आपसमा ठोक्किएका हुन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका