क्यापिटल म्याक्स सेक्यूरिटिज लिमिटेडको दोश्रो बार्षिक साधारण सभा सम्पन्नभएको छ । सञ्चालक समितिका अध्यक्ष अतितलाल श्रेष्ठको सभापतित्वमा साधारण सभाशनिबार एटिक रेष्टुरेन्ट, ज्ञानेश्वरमा सम्पन्नभएको हो ।
साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.ब. २०८०।८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तियविवरणहरु तथाआ.व. २०८१।८२ का लागि लेखापरिक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पारित भएको छ ।
धितोपत्रबोर्डबाट ईजाजतलिई धितोपत्र कारोवार र डिम्याट सेवाउपलब्ध गराउँदै आएको यस लिमिटेडलेबिगतको बर्ष देखि नै ग्राहकहरुलाई निःशुल्क रुपमा Free Market Overview, Technical Analytical Tool & Charting Software, Fundamental Analytical Tool, Floorsheet and Broker Analytical Tools उपलब्ध गराउँदै आएको साथै आगामिदिनमा ग्राहकहरुलाई प्रवाह गर्ने सेवालाइ सुचनाप्रविधि मैत्रिबनाईसरल तथा सहज सेवाप्रदानगर्ने उदेश्य राखेको छ ।
त्यसै गरी सभामाबोल्दै अध्यक्ष अतिललाल श्रेष्ठलेग्राहकहरुलाई शेयर बिक्रि गरेको रकम समयमा नै भुक्तानी गराउने प्रतिबद्वता सहितअहिले लगानीकर्ताहरुले Collatral load को लागिदिनहुन Broker Office मा सम्पर्क गर्नुपर्ने अबस्था छ, यस समस्याको समाधानको लागि यस क्यापिटल म्याक्स सेक्यूरिटिज लिमिटेडले आगामिदिनमा आफ्ना ग्राहकहरुले शेयर बिक्री गरेपश्चात ५–१० मिनेट भित्रन बिक्रि गरेको रकम बराबरको कोल्याटर को सुविधापनि सुरु गरेको बताउनुभएको छ ।
कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले मार्ग दर्शन गर्ने तथा योगदान दिने नियमक निकायहरु, लेखापरीक्षक, सेवाग्राही, संचारकर्मीहरु, विभिन्न सम्बद्ध संस्थाहरु, शेयरधनीहरु तथा कम्पनीकाकर्मचारीहरु सबैलाई धन्यबाद व्यक्त गर्नुभयो ।