काठमाडौं। अस्ट्रेलिया र पाकिस्तानको एकदिवशीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेल अहिले चलिरहेको छ । पर्थमा घरेलु टोली अस्ट्रेलिया एक सय ४० रनमा अलआउट भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलिया ३१ ओभर पाँच बलमा एक सय ४० रनमा समेटियो ।
जीतका लागि पाहुना टोली पाकिस्तानले एक सय ४१ रनको लक्ष्य पाएको छ । यी दुई देशबीचको तीन खेलको शृङ्खलामा १–१ को बराबरीमा छ । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ ।
पहिलो खेल अस्ट्रेलियाले दुई विकेट र दोश्रो खेला पाकिस्तानले नौ विकेटले जितेको थियो । यसपछि अस्ट्रेलिया र पाकिस्तानबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुनेछ ।