जोडिनुहोस
  • होमपेज
  • तालिबान सरकारले अजरबैजानमा हुने कोप–२९ मा भाग लिने

तालिबान सरकारले अजरबैजानमा हुने कोप–२९ मा भाग लिने

काठमाडौं। अफगानिस्तानको तालिबान सरकारले अजरबैजानमा भोलिदेखि शुरू हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन शिखर सम्मेलन अर्थात् कोप–२९ मा भाग लिने भएको छ ।

सन् २०२१ मा सत्ता कब्जा गरेको विद्रोही समूह तालिबानले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । सन् २०२१ पछि तालिबान सहभागी हुने यो नै सबैभन्दा ठूलो र पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुनेछ । तालिबान सरकारका प्रवक्ता अब्दुल कहल बाल्खीले आफ्नो सरकार जलवायुका मुद्दामा गम्भीर रहेकाले कोप–२९ मा भाग लिने बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अफगानिस्तान जलवायु परिवर्तनका कारण हुने जोखिमको छैटौं स्थानमा छ । तालिबान अधिकारीहरूले राजनीतिक घटनाका कारण आफूहरूलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताबाट रोक्न नहुने बताउँदै आएका छन् । तालिबानको राष्ट्रिय वातावरण संरक्षण एजेन्सीका अधिकारीहरूले जलवायु परिवर्तनलाई राजनीतिकरण गर्न नहुनेमा बारम्बार जोड दिँदै आएका छन् ।

तालिबानको कब्जाका कारण रोकिएका वातावरणसँग सम्बन्धित परियोजनाहरू पुनर्स्थापना गर्न पनि अधिकारीहरूले आग्रह गरेका छन् । भोलिदेखि अजरबैजानको बाकुमा कोप–२९ सम्मेलन आयोजना हुँदैछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका