
सुर्खेत। कालीकोटको पलाता गाउँपालिका–३ स्थित राडुकाप्रे खोलाको बिचमा बोलेरो जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। अन्य १० जना घाइते छन्।
गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार बाँकी १० जना घाइते छन्।
उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।