जोडिनुहोस
  • होमपेज
  • कालिकोट जीप दुर्घटनाका मृतक र घाइतेको पहिचानको खुल्यो (सम्पुर्णको नामसहित)

कालिकोट जीप दुर्घटनाका मृतक र घाइतेको पहिचानको खुल्यो (सम्पुर्णको नामसहित)

सुर्खेत/डिलबहादुर खत्री – कालिकोटको पलाँता गाउँपालिका–३, राडुनेटामा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पलाँताको थिर्पूबाट १९ जना यात्रु बोकेर आएको जीप आइतबार दिउँसो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिकोट जिल्लाको पलाँता गाउँपालिका–६, का दसकला शाही, पदम बम, भगवति रोकाया, गणेश शाही, वडा नंम्वर ५, का छायाँ शाही र वडा नम्वर ३, का दमन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । दुर्घटनामा परी १३ जना घाईते भएका छन ।

घाइते हुनेमा कालिकोट पलाँता गाउँपालिका–६, का केशब थापा, किशोर थापा, बिजय थापा, रिदम शाह, प्रतिक्षा शाही, आशिष रोकाया, भुपेन्द्र रोकाया, दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, जीपका चालक वतन नखुलेका धनिराम रावत, पलाँता गाउँपालिका–५, का दोलि बिक र आयुशा बिक रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी टेकबहादुर रावतले जानकारी दिए ।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भईरहेको छ । ती मध्ये एक जना बालकको अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । गाडी सडकबाट ५०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका