जोडिनुहोस
  • होमपेज
  • सर्लाहीमा सुरु भयो बम्जनविरुद्ध सुनुवाइ

सर्लाहीमा सुरु भयो बम्जनविरुद्ध सुनुवाइ

सर्लाही ।हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो। उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो।

विभिन्न जिल्लामा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बमजनलाई बुधवार राति कडा सुरक्षाका बिच सडकमार्ग हुँदै सर्लाही ल्याइएको हो । बमजनलाई विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकूल रहेकाले विमान आउने÷नआउने अनिश्चित भएपछि राति नै सडकमार्ग भएर यहाँ ल्याइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV