जोडिनुहोस
  • होमपेज
  • घरमा चोरी गरेको आरोपमा ललितपुरबाट ५ जना पक्राउ

घरमा चोरी गरेको आरोपमा ललितपुरबाट ५ जना पक्राउ

काठमाडौं । चोरीको आरोपमा ललितपुरबाट ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुम्बा गाउँपालिका–४ का ३० वर्षीय सीताराम लकान्द्रे, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ३७ वर्षीय सुजन कुमार सुनुवार, नुवाकोटको सामारी गाउँपालिका–७ का ४० वर्षीय कुमार राना मगर, दोलखाको शैलुङ गाउँपालिका–८ का ४१ वर्षीय बीरबहादुर श्रेष्ठ र सोही ठाउँका ४२ वर्षीय सुनिल श्रेष्ठ छन् ।

उनीहरुले ललितपुर महानगरपालिका–१८ ढुंगेधारास्थित सिर्जना वैद्यको घरमा २ जेठमा चोरी गरेको आरोप छ , उक्त घरबाट सुनचाँदीका गरगहना र नगद चोरी गरेको बताइएको थियो । प्रहरीले उनीहरुबाट ७५ ग्राम सुनको मुन्द्रा, विभिन्न आकारको ६ तोला ७० लालको सुन बरामद गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help