जोडिनुहोस
  • होमपेज
  • धनराज गुरुङसँग सीआईबीले लियो दिनभर बयान

धनराज गुरुङसँग सीआईबीले लियो दिनभर बयान

ललितपुरको मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बयान लिएको छ । बुधबार सीआईबीमा बोलाएर बिहानैदेखि बयान लिएर कागज गरेको प्रवक्ता होबिन्द्र बोगटीको भनाइ छ ।

उनले भने, ‘लामो बयान लिएका छौँ । उहाँले सहज रूपमा बयान दिनुभएको छ ।’

सीआईबीमा मितेरी अध्यक्ष कुम्भराज गुरुङले १२ करोड २० लाख रुपैयाँ ज्योति गुरुङले महाप्रबन्धकको जिम्मेवारीमा हुँदा हिनामिना गरेको उजुरी गरेका थिए । अहिलेसम्म त्यसको सावाँ ब्याज हिसाब गर्दा १४ करोड ८१ लाख ७२ हजार रुपैयाँ पुगेको भन्दै कुम्भराज गुरुङले सीआईबीमा कागजात पनि बुझाएका छन् ।

सहकारी प्रकरणमा धनराजबारे निरन्तर अनुसन्धान, अहिलेसम्म प्रमाण भेटिएन

सीआईबी प्रवक्ता बोगटीले  भने, ‘हामीले कुम्भराज जी ले बुझाउनुभएको प्रमाण, सहकारीका कागज, संसदीय समितिले तयार पारेको प्रतिवेदन र अन्य सबुतलाई केलाएर आज दिनभर बयान लिएर कागज गरेका छौँ’

धनराजको संम्लगनता देखियो त रु भन्ने प्रश्नमा बोगटीले भने, ‘बयान लिइएको छ, अन्य कुराहरू हामी अनुसन्धानमै छौँ ।’

पूर्वपत्नी ज्योति गुरुङले रकम अपचलन गरेको खुलेपछि धनराजको पनि संलग्नता भएको आरोप छ । यस्तै धनराज र श्रीमती मिलेर सहकारीको रकम हिनामिना गरेपछि काजजी डिभोर्स गरेको मितेरी सहकारी सञ्चालक तथा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले लगाइरहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका