
पोखरा। गण्डकी प्रदेशसभाकी सांसद विमला गौचनको निधन भएको छ । डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत गौचनको हृदयघातका कारण निधन भएको हो ।
गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो । उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।