
काठमाडौं। आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको छ।
यसअघि बुधबार सुन तोलाको एक लाख ६२ हजार २ सयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।