जोडिनुहोस
बिहिबार, कार्तिक २९, २०८१
बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • सार्वजनिक स्थानमा हाफ पाइन्ट लगाएर नहिँड्न साउदीमा रहेका नेपालीलाई आग्रह

सार्वजनिक स्थानमा हाफ पाइन्ट लगाएर नहिँड्न साउदीमा रहेका नेपालीलाई आग्रह

काठमाडौं। साउदी अरेबियास्थित नेपाली राजदूतावासले सार्वजनिक स्थानमा छोटा हाफ पाइन्ट लगाएर नहिँड्न नेपालीहरूलाई अनुरोध गरेको छ।

केही दिनमा सार्वजनिक स्थानमा सुन वा अन्य धातुको सिक्री, ब्रासलेट तथा हाफ पाइन्ट लगाएको कारण कतिपय नेपालीहरू जरिवानामा परेको जनाउँदै दूतावासले त्यस्तो नगर्न भनेको हो।

साउदीको कानुन अनुसार सार्वजनिक स्थानमा छोटा हाफ पाइन्ट लगाएर हिँड्न, सार्वजनिक स्थान तथा प्रार्थनाको समयमा ठुलो आवाजमा गाना बजाना गर्न, सार्वजनिक स्थानमा थुक्ने लगायतका फोहोर हुने कार्य गर्न, ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्टाएको स्थान ओगट्ने कार्य गर्न पाइँदैन।

त्यस्तै लाइन मिच्ने, अमर्यादित चित्र भएका वा भेदभाव प्रवर्द्धन गर्ने वा यौनजन्य हाउभाउ भएका वा तडकभडक देखिने पोसाक तथा गहना (खासगरी पुरुषहरूले) लगाउन, अरूलाई तर्साउने वा डराउने खालको क्रियाकलाप गर्न समेत निषेध गरिएको छ।

ट्राफिक दुर्घटना तथा अपराधजन्य घटनाको फोटो तथा भिडिओ खिच्न एवं अमर्यादित ठानिएका तथा साउदीको समाजलाई अप्रिय लाग्ने वा सार्वजनिक शिष्टाचार तथा नैतिकताको प्रतिकुल हुने कार्य गर्न निषेध गरिएको छ।

यस्ता कार्य गरेमा पाँच हजार साउदी रियालसम्म जरिवाना तथा थप सजाय हुने साउदीको कानुनी व्यवस्था छ। त्यसैले सार्वजनिक स्थानमा त्यस्ता कार्य नगर्न राजदूतावासले सचेत गराएको हो।

saudi

प्रचलन खबर

धेरै टिप्पणी गरिएका