जोडिनुहोस
  • होमपेज
  • फिलिपिन्समा उसागीको आतंक ; हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा सारियो

फिलिपिन्समा उसागीको आतंक ; हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा सारियो

फिलिपिन्सले ‘उसागी’ नाम दिइएको विनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौं मानिसहरूलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ । आँधीको प्रभाव यसपहिले नै अर्को आँधीबाट प्रभावित उत्तरतर्फ अघि बढ्दै गएपछि आँधीबेहरीको चेतावनी जारी गरिएको हो । प्रति घण्टा १८५ किलोमिटर सम्मको निरन्तर हावासँगै उसागी आँधी लुजनको मुख्य टापुमा अवतरण गर्ने सम्भावना रहेको जनाइएको छ । विनाशकारी मौसमी लहरले यसअघि नै १५९ जनाको ज्यान लिएको छ भने राष्ट्रसङ्घलाई प्रभावित क्षेत्रहरूका लागि तीन करोड २० लाख ९० हजार अमेरिकी डलर सहयोगको प्रस्ताव अन्तर्राष्ट्रिय समुदायसँग गरेको छ ।

राष्ट्रिय मौसम विभागका अनुसार आँधीले हल्का सामग्रीको संरचनामा लगभग पूर्ण क्षति पुर्‍याउन सक्छ । भारी वर्षा र तीन मिटरसम्मको सम्भावित कडा छालहरूको पूर्वानुमान गरी आँधीको चेतावनी उच्च चरणमा लागू गरिएको छ । कागायन प्रान्तमा आँधीले अवतरण गर्ने अपेक्षा गरिएकाले बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् । कागायनका नागरिक सुरक्षा प्रमुख रूएली राप्सिङले स्थानीय सरकारहरूले ४० हजार मानिसहरूलाई आश्रयमा लैजाने बताएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका