
नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ । क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिइनेछ । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । बुधबार भएको निर्णायक खेलमा यूएईलाई हराउँदै नेपाल आगामी जनवरीमा मलेसियामा हुने यु_१९ महिला विश्वकपमा छनोट भएको थियो ।त्यस्तै नेपाल यसै वर्ष डिसेम्बरमा मलेसियामै हुने एसिसी यू_१९ महिला एसिया कपका लागि पानि छनोट भएको छ । विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहिबार साँझ नेपाल आइपुग्दै छन् ।