
काठमाडौं। नेपाली बजारमा साताको दोस्रो आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले उकालो लागेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।