
काठमाडौं। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को मकालु ९९एन–एएलजेड० विमानले पनि नियमित उडान सुरु गरेको छ।
अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि–चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुनः उडान सुरु गरेको हो।
आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानले कुवेतबाट १७१ जना यात्रु ल्याएको थियो। फर्किंदा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट १६८ जना लिएर उडेको छ।
मकालुले पनि उडान सुरु गरेसँगै नेपाल एअरलाइन्ससँग भएका सबै चारवटै विमान सञ्चालनमा आएका छन्।