जोडिनुहोस
  • होमपेज
  • श्रीलंकामा नयाँ मन्त्रिपरिषद् द्वारा शपथ ग्रहण

श्रीलंकामा नयाँ मन्त्रिपरिषद् द्वारा शपथ ग्रहण

श्रीलंकाको कोलम्बोस्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्री परिषद्मा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायके समक्ष शपथ लिएका छन् । दिसानायकेको उक्त मन्त्री परिषदमा २१ जना मन्त्रीहरू रहेको तथा उपमन्त्रीहरूले पछि शपथ लिने कार्यक्रममा घोषणा गरिएको थियो । दिसानायकले सेप्टेम्बर–२१ को राष्ट्रपति चुनाव जितेपछि हरिनी अमरसुरिया र विजिता हेराथको सामायोनमा मन्त्रिमण्डल निर्माण गरेका छन् ।नयाँ मन्त्री परिषदमा नोभेम्बर–१४ को संसदीय चुनावमा निर्वाचित नेशनल पिपुल्स पावर (एनपीपी) का १५९ संसद् मध्येबाट नयाँ मन्त्रीहरू चुनिएको जनाइएको छ । श्रीलंकामा समानुपाती प्रतिनिधित्व प्रणाली लागु भएपछि संसदमा कुनै राजनीतिक पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेको यो पहिलो पटक हो । नयाँ मन्त्रीमण्डलमा अमरसूरियालाई प्रधानमन्त्री र हेराथलाई विदेश मामिला, विदेश रोजगार र पर्यटन मन्त्रीको रूपमा पुनः नियुक्त गरिएको छ । नयाँ मन्त्रीमण्डललाई सम्बोधन गर्दै राष्ट्रपति दिसानायकले श्रीलंकाको राजनीतिक र आर्थिक मार्ग परिवर्तन गर्न जनताले सेप्टेम्बर र नोभेम्बरमा लगातार दुईपटक एनपीपीलाई मतदान गरेको उल्लेख गरेका छन् । जनताले एनपीपीको नीति र पार्टी सदस्यहरूको अखण्डताको आधारमा विश्वास गरेको बताउँदै उनले आगामी दिनमा जनताको सरकारको रूपमा काम गर्ने जनाएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका