जोडिनुहोस
  • होमपेज
  • विदेशमा पढ्नका लागि ३ महिनामै ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरियो

विदेशमा पढ्नका लागि ३ महिनामै ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरियो

काठमाडौं। चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा खुद सेवा आय २३ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार यो अवधिमा विदेशीले नेपालमा गर्ने खर्च साढे तीन प्रतिशतले बढेर १७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

यस्तै नेपालीले विदेशमा गर्ने खर्च पनि झन्डै आठ प्रतिशतले बढेर ५५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । तीन महिनामै विदेशमा पढ्नका लागि ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका