
काठमाडौं। नेकपा एमालेका सांसद तथा कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले मङ्गलवार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अधिकारी मानव तस्करी आरोपमा विराटनगरबाट पक्राउ परेका थिए ।