काठमाडौं। भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्।
मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ। दिल्लीबाट आजमगढ जाँदै गरेको डबलडेकर निजी बस अलिगढमा ट्रकको पछाडिको भागमा ठोक्किएको थियो।
घाइतेहरुलाई जेबरस्थित कैलाश अस्पतालमा भर्ना गरिएको छ।