जोडिनुहोस
  • होमपेज
  • नदी किनारको मापदण्डबारे सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन

नदी किनारको मापदण्डबारे सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन

सर्वोच्च अदालतको आदेशविरुद्ध बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज मागसहित दबाब र्‍याली निकालेको हो । समितिले कुपण्डोल पुलमुनिबाट कंकेश्वरि (कंग अजिमा) मन्दिर परिसर ईनाटोलमा भेला भएर जुलुस माइतीघर मण्डलसम्म लगेको छ । जुलुसमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रि मुक्ति क्रान्तिका नेता सुमन सायमीसहित सहभागी थिए । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठ २०८१ साउनमा आएयता राजधानी उपत्यका तरंगित छ । जसमा वास्तविक सुकुम्बासीको स्थानान्तरण गरेर नदी किनारका सरकारी जग्गा खाली गर्न भनिएको थियो । त्यसपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पटक-पटक डोजर लगेर बस्ती भत्काउन पुगेका थिए । तर अदालतकै आदेशका कारण साहको प्रयास सफल भएको छैन। २०६८ वैशाख ९ गते दायर भएको रिटमा २०८० पुसमा फैसला भएको थियो। फैसलाको पूर्ण पाठ सार्वजनिक भएपछि महानगरपालिकाले ४० मिटर क्षेत्र खाली अभियान थालेपछि आन्दोलन पनि चलिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका