
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाललाई बिहीबार दिउँसो काठमाडौंको शान्तिनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालले भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झन्डा देखाउने तयारी गरेकाले प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नेपाललाई पक्राउ गरिएको नभई ‘होल्ड’ मात्रै गरिएको हो ।नेपालले पनि कुरा गर्दै आफूलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालका दुई छिमेकीसँग समान सम्बन्ध कायम राख्न माग गरेको थियो । अध्यक्ष नेपालले भारतका सेनाध्यक्षलाई मात्रै नभएर चिनियाँ सेनाध्यक्षलाई पनि मानार्थ महारथीको दर्ज्यानी दिनुपर्ने माग बुधबार राखेका थिए ।