बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले बिहीबार जनाएको छ । प्रेस्कटले जलवायु परिवर्तन सम्बन्धी सन् १९९७ को अन्तर्राष्ट्रिय क्योटो प्रोटोकलमा बेलायतका लागि वार्ताको नेतृत्व गरेका थिए । अमेरिकाका पूर्व उपराष्ट्रपतिलगायतले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै जलवायु संकट समाधान गर्ने उनको प्रतिबद्धता प्रति सदाका लागि आभारी हुने बताए । बेलायती लेबर पार्टी बाट प्रधानमन्त्री बनेका कीर स्टारमरले प्रेस्कट श्रम आन्दोलनको अभियन्ताको रुपमा श्रमजीवी जनताको समर्थक र ट्रेड युनियनवादी रहेको बताए । चार दशकसम्म उत्तरी इङ्ग्ल्यान्डको संसद् सदस्यको रूपमा सेवा गरेका पूर्व व्यापारी नाविक तथा ट्रेड युनियन कार्यकर्ता प्रेस्कटको शान्तिपूर्वक मृत्यु भएको उहाँकी श्रीमती पाउलिन र छोराहरूले स्पष्ट पारे । प्रेस्कटलाई सन् –२०१९ मा प्यारालाइसिल भएको थियो भने अल्जाइमरको समस्याका कारण गत जुलाईमा संसदको माथिल्लो सदनको सदस्य पद छोडेका थिए ।