
काठमाडौं। विश्व नम्बर वान यान्निक सिनरले इटालीलाई डेभिस कपको सेमिफाइनलमा पुर्याएका छन् । टेनिसको विश्वकप मानिने डेभिस कप अन्तर्गत गएराति भएको खेलमा इटाली अर्जेन्टिनासँग २–१ ले विजयी भएको थियो ।
एक सेटले पछि परेको अवस्थाबाट सिनरले आफ्नो देशलाई विजयी गराए । अब उनले सेमिफाइनलमा अष्ट्रेलियासँगको भेट पक्का गरेका छन् ।
फ्रन्सिस्को सेरुन्डोलोको टोली अर्जेन्टिना भने यो पराजयसँगै बाहिरिएको छ । अन्तिमको डबल मेन्सतर्फको खेलमा सिनरले माते बारेटीसँग मिलेर म्याक्सिमो गोन्जालेज र अन्द्रेस मोल्टेनीलाई ६–४, ७–५ ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।
तर त्यसअघि भएको खेलमा लोरेन्जो मुसेटी अर्जेन्टिनाका सेबास्टियन बाजसँग सोझो सेटमा पराजित भएपछि इटालीको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको थियो । तर अन्तिममा सिनरको जोडीले जित दिलाएपछि स्पेनमा भइरहेको प्रतियोगितामा इटाली अन्तिम चारमा पुगेको हो ।