जोडिनुहोस
  • होमपेज
  • नशामुक्त नेपाल बनाउन भगवती मानव कल्याण संगठनले गर्यो १० किलोमिटर जनजागरण पदयात्रा

नशामुक्त नेपाल बनाउन भगवती मानव कल्याण संगठनले गर्यो १० किलोमिटर जनजागरण पदयात्रा

काठमाडौं – देशलाइ नशामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण सङ्गठनले काठमाडौँ उपत्यका स्तरीय नशामुक्ति जनजागरण पदयात्रा सम्पन्न गरेको छ । नशामुक्त नेपाल–समृद्ध नेपालको मूल नारासहित संगठनले पदयात्रा सम्पन्न गरेको हो ।

पदयात्राको माध्यमबाट तीन तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायलाई ज्ञापन पत्रमार्फत देशलाई नशामुक्त घोषित गर्न खबदारी गर्ने संगठनले जनाएको छ । पदयात्रामा हजारौं व्यक्तिहरु नशामुक्ति अभियानका अन्तराष्ट्रिय अभियन्ता सिद्धाश्रम–रत्न अजय अवस्थी र नेपाल सरकारका जनप्रतिनिधीहरुको साथमा १० किलोमिटरको पदयात्रामा सहभागी भएका थिए ।

पदयात्राका क्रममा घरघरबाट निस्किएका सहभागिहरुले नशामुक्त नेपाल घोषणाको अभियानलाई समर्थन जनाएका थिए । कयौँ व्यक्तिहरुले अभियानलाई समर्थन जनाउँदै पुष्प वर्षासहित मार्गमा स्वागत गरेका थिए ।

पत्रयात्राको रुटमा नशामुक्त नेपालका लागि गरिएको हस्ताक्षर संकलनमा समेत हजारौँले हस्ताक्षर गरेर सहमति जनाएका छन् । कार्यक्रम अन्तर्गत संगठनले नशामुक्त नेपालका लागि १० हजार हस्ताक्षर संकलन अभियान गरिसकेको छ ।

पदयात्रा ललितपुरको मंगलबजार पाटन दरवार स्क्वायर क्षेत्र स्थित कृष्णमन्दिर प्रांगणबाट शुभारम्भ भएको थियो । यस्तै पाटन कृष्णमन्दिरबाट – प्रभात मावि त्यागल – महावौद्ध मन्दिर वकुबहाल – थैना – टंगल – ईति टंगल – प्रयागपोखरी – लगनखेल बसपार्क – नमुना मछिन्द्र मा बि – पाटन हस्पिटल – ईखालखु – पुर्णचन्दी मन्दिर – मानभवन – जावलाखेल – पुल्चोक – ललितपुर महानगरपालिका – मदनस्मारक स्कुल – नः टोल – गाँबहाल – महापाल हुँदै पुन पाटन दरवार स्क्वायर कृष्ण मन्दिरमा पुगेर समापन भएको थियो ।

कार्यक्रमको समापन समयमा सिद्धाश्रम रत्न अजय अवस्थीले अधिकांश युवा नशाले ग्रसित भएको भन्दै देशको भविष्यका लागि नशामुक्त नेपाल घोषणा हुनु अतिआवश्यक रहेको बताए । देशको समृद्धिमा हरेक किसिमका नशाजन्य पदार्थ बाधक भएको उनको भनाइ छ । संगठनले विगत १६ बर्षदेखि नशामुक्ति अभियानमा सक्रिय रुपमा कार्य गर्दै आएको स्मरण गर्दै उनले नेपालमा हजारौँ परिवारलाई नशामुक्त गरिसकेको दाबी गरे ।

यस्तै सचिव डा. मिनु सिग्देलले शक्ति चेतना जनजागरण शिविर, योग, ध्यान, प्राणायाम लगायत अष्टांग योगका क्रमबाट उल्लेखनीय संख्यामा युवाहरुको जिवनमा परिवर्तन आएको वताइन् । यस्तै, संगठनले “एक वृक्ष राष्ट्रको नाममा” भन्ने मुल नारासहित २०८१ श्रावणदेखि देशव्यापी १ करोड वृक्षारोपण अभियान सञ्चालन गरेको छ । संगठनद्वारा आम जनसमूदायको सहयोगमा मेचिदेखि महाकालीसम्म जारी वृक्षारोपण अभियान तिब्र रुप अघि बढिरहेको सचिव सिग्देलले बताइनु ।

संगठले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियान अन्तर्गत अध्यात्मि अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । संगठनले विगत १६ बर्षदेखि नशामुक्ति अभियानमा सक्रिय रुपमा कार्य गर्दै आएको छ । समाजमा व्याप्त धार्मिक आडम्बर, सामाजिक कु–संस्कार तथा राजनीतिक भ्रष्टाचार बिरुद्ध जनचेतना फैलाउँदै आएको छ ।

यस्तै जातिभेद–छुवाछुत, बलिप्रथा, दाइजो प्रथा, नास्तिकता, साम्प्रदायिकता, चरित्रहिनता लगायतका कु–संस्कारबाट ग्रसित मानव समाजलाई हाम्रो मुल सनातन संस्कृति ऋषिकालिन परम्परासँग जोड्न विबिध कार्यक्रमको सञ्चाल गर्दै आएको छ ।

चेतनावान, कर्मवान, सामथ्र्यवान, आत्मवान, परोपकारी, क्षमाशील, त्यागपूर्ण, सौर्य, साहस, पराक्रम लगायत मानवीय मूल्य मान्यताले परिपूर्ण आध्यात्मिक समाज निर्माणका लागी संगठन सक्रिय रहेको संगठनका प्रचारमन्त्री विश्वेश्वर (विपी) कोइरालाले बताए ।

संगठनले शक्तिचेतना जनजागरण शिविर, योग, ध्यान, प्राणायाम, मन्त्रजप लगायत अष्टांग योग र नवधा भक्तिका क्रमहरु अपनाउँदै नेपालमा हजारौँ व्यक्तिहरुलाई नशामुक्त गरिसकेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका