
काठमाडौं। लेबनानले इजरायली आक्रमणमा परी बेरुतमा कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ ।
इजरायली आक्रमणमा मध्य बेरुतमा रहेको ८ तले आवासीय भवन ध्वस्त भएको लेबनानले जनाएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायलले बङ्कर बस्टर बमको प्रयोग गरेको थियो ।
इजरायली मिडियाले भने हिजबुल्लाहका शीर्ष कमान्डरलाई निशाना बनाई उक्त आक्रमण भएको जनाएका छन् । इजरायलले हसन लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी ६० भन्दा बढी घाइते भएका छन् ।