जोडिनुहोस
  • होमपेज
  • फोर्ब्सको घोषणाः एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति

फोर्ब्सको घोषणाः एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति

काठमाडौं। अमेरिकी खर्बपति एलन मस्क मानव इतिहासकै धनी व्यक्ति बनेका छन् । पुनः विश्वकै धनी व्यक्ति बनेका मस्कको सम्पत्ति मानव इतिहासमा अहिलेसम्मकै कुनै पनि व्यक्तिको सम्पत्ति भन्दा बढी रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

टेस्ला, स्पेस एक्स, एक्स एआई लगायतका कम्पनीका मालिक रहेका मस्कको सम्पत्ति तीन सय ३४ दशमलव तीन बिलियन अमेरिकी डलर पुगेको छ । यो रकम नेपाली रुपैयाँमा दुई सय ८२ खर्ब भन्दा धेरै हुन्छ ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएसँगै एलन मस्कका कम्पनीहरुको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । मस्क ट्रम्पलाई जिताउन रकम सहयोगसहित प्रचारपसारमा खटिनुभएको थियो । ट्रम्पले चुनाव जितेपछिको दुई हप्तामा १७ दिनमै मस्कको सम्पत्ति ७० अर्ब डलरले बढेको फोर्ब्सले जनाएको छ ।

मस्कको सम्पत्ति अहिले दोस्रो स्थानमा रहेका ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनकोभन्दा ८० अर्ब डलरले धेरै छ । मस्क इतिहासकै धेरै धनी व्यक्ति बने पनि सन् २०२४ मा धेरै कमाउने व्यक्तिको सूचीमा भने एनभिडियाका सीईओ जेन्सेन हुआङ रहेका फोव्र्सले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका