
काठमाडौं। अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रीमन्डललाई पूर्णता दिएका छन् । ब्रूक रोलिन्सलाई उनले कृषि मन्त्रीमा नियुक्त गरेको बीबीसले जनाएको छ । कृषि मन्त्रालयको जिम्मेवारी दिन उनले बौद्धिक समूह अमेरिका ‘फर्ष्ट पोसिली इन्ष्टिच्युट’की प्रमुखलाई रोजेका हुन् ।
विज्ञप्तिमा ट्रम्पले अमेरिकी किसानलाई जोगाउने प्रयासको कमान्ड ब्रूकले लिने विश्वास व्यक्त गरेका छन् । योसँगै ट्रम्पको मन्त्रिमण्डल पूरा भएको छ । ब्रुकले अफिस फर अमेरिकन इनोभेशनको निर्देशक र डोमेष्टिक पोसिली काउन्सिलमा कार्यकारी निर्देशकको रूपमा समेत काम गरेका छन् ।