
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको मेगा अक्शन २०२५ को पहिलो दिन हिजो ७५ जना खेलाडी अनुबन्ध भएका छन् ।
साउदी अरेबियाको जेद्दाहमा हिजो भएको अक्शनमा ८४ जना खेलाडीको लिलामी भएकोमा १० वटा टोलीले ७२ जना खेलाडी किनेका हुन् । उनीहरूले ७२ जना खेलाडीका लागि कुल चार अर्ब ६७ करोड ९५ लाख भारतीय रुपैयाँमा खर्च गरेका छन् ।
यस पटक ऋषभ पन्त सबैभन्दा धेरै २७ करोड भारुमा बिक्री भएर इतिहास रचेका छन् । दोस्रोमा श्रेयस अय्यर, तेस्रोमा वेंकटेश अय्यर, चौथोमा अर्शदीप सिंह र पाँचौंमा युजवेन्द्र चहल सबैभन्दा महँगा खेलाडी बनेका छन् ।
यस पटक लिलामीमा सबैभन्दा बढी मूल्यमा खरिद गरिएका शीर्ष पाँच खेलाडीमा सबै भारतीय परेका छन् ।