
हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८३ अङ्कले बढेर दुई हजार ६ सय ८३ दशमलव २४ विन्दुमा पुगेको छ । आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज बेस्ट फाइनान्स, सुपर मादी हाइड्रोपावर, कर्पोरेट विकास बैंक, स्वाभिमान लघुवित्त र सप्तकोशी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन ङादी ग्रुप पावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो सात अर्ब ७२ करोडको शेयर कारोबार भएकोमा आज तीन सय नौ वटा कम्पनीका एक करोड २२ लाख कित्ता शेयर ६ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ ।