जोडिनुहोस
  • होमपेज
  • बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान सुरु

बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान सुरु

काठमाडौं। बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान सुरु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देही, बुटवल उपमहानगरपालिका, टोल विकास संस्थाहरूसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं ५ का सम्भावित जोखिमयुक्त क्षेत्रमा डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको हो ।

बुटवलको मुख्य हाटबजार र तिनाउ नदी किनारको बस्ती रहेको ५ नम्बर वडा डेङ्गी संक्रमणको सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डे भुसालले बताइन् । यो अभियान दुई दिनसम्म चल्ने उनले जानकारी दिइन् । समुदायमा चेतना जगाउने हेतुले अभियान सुरुवात गरेको बताइन् ।

स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जिल्लाका सिद्वार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकालगायतका पालिकामा अभियान सञ्चालन भइसकेको जानकारी गराउँदै बुटवल पनि सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले यो अभियान सञ्चालन गरिएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?