
काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको जनाएको छ ।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य आज प्रतितोला ३० रुपैयाँले घटेको छ । अघिल्लो दिन १८३० रुपैयाँ रहेको चाँदी आज १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।