
सत्तारुढ दल नेकपा एमालेले कीर्तिपुर नगरपालिकामा आफ्नो अन्तिम चुनावी सभा आयोजना गरेको छ । कीर्तिपुरको पाँगामा आयोजित सभालाई सम्बोधन गर्न पार्टीका महासचिव शंकर पोखरेल लगायतका नेताहरू पुगेका छन् । यस नगरपालिकाको प्रमुखमा एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ । कीर्तिपुरको मेयरका लागि आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । यो निर्वाचनलाई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । आजै सत्ता सहयात्री दल नेपाली कांग्रेससहित माओवादी केन्द्रले पनि यहाँ अन्तिम सभा आयोजना गरेका छन् । सभामा सहभागी हुन दलका शीर्ष नेताहरू कीर्तिपुर पुगेका छन् ।