
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
मन्त्रीपरिषद्को निर्णय बमोजिम मङ्सिर १० गतेको मितिबाट रथी दर्जामा पदोन्नति भएका केसीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएको नेपाली सेनाले जानकारी दिएको छ । दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ ।