
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको पहिलो चौका विराटनगर किङ्सका लोकेश बमको नाममा दर्ता भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलको पहिलो ओभरमै उनले चौका प्रहार गरेका हुन् ।
जनकपुर बोट्ल्सका बलर किशोर महतोको बलमा लोकेश बमले चौका प्रहार गरेका छन् ।
विराटनगर किङ्सका लागि लाकेशसँगै मार्टिन गुप्टिल ब्याटिङ गरिरहेका छन् । जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने अवसर पाएको थियो ।