
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगरको पहिलो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि विराटनगरले ब्याटिङ गरेको थियो ।विराटनगरले दोस्रो ओभरमा ६ रन बनाउँदा पहिलो विकेट गुमाएको हो । अोपनर लोकेश बम ५ रन बनाउँदा ललित राजवंशीको बलमा बोल्ड आउट भए । ललित राजवंशीले दोस्रो ओभरको पहिलो बलमा विकेट लिँदै लोकेशलाई पेभेलियनको बाटो देखाए ।
मार्टिन गप्टिल शून्य रनमा नटआउट छन् । क्रिजमा अकिल इलियास आएका छन् ।