जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् ; अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् ; अर्थमन्त्री पौडेल

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।रूपन्देही उद्योग सङ्घले बुटवलमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा समस्या परेको भन्दै अहिले अर्थतन्त्रमा सुधार आएको बताउनुभयो । अहिलेको सरकार प्रतिनिधि सभाबाट बन्ने सबैभन्दा बलियो सरकार रहेको उहाँको दाबी छ ।

अहिलेको सरकार २०८४ को चुनावसम्म नढल्ने दाबी गर्दै अर्थमन्त्री पौडेलले लगानीका लागि डराउन नपर्ने बताउनुभयो । उहाँले अब तीव्र गतिमा औद्योगीकरणमा जानुपर्ने बताउनुभयो ।

सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर उद्योग मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै उहाँले स्थानीयले जोतभोग गरिरहेको र बस्ती रहेको क्षेत्र छाडेर भए पनि औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने तयारीमा रहेको बताउनुभयो । जसरी भए पनि भैरहवा अन्तराष्ट्रिय विमानस्थल चलाउने अर्थमन्त्री पौडेलको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका