जोडिनुहोस
  • होमपेज
  • राजनीतिलाई सही दिशामा लैजान आवश्यक ; अध्यक्ष नेपाल

राजनीतिलाई सही दिशामा लैजान आवश्यक ; अध्यक्ष नेपाल

नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौँमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै अध्यक्ष नेपालले राजनीतिलाई सही दिशामा लैजानको निम्ति कम्युनिस्ट आन्दोलनलाई बचाइराख्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘कसरी यो देशको राजनीतिलाई सही दिशामा लिएर जाने रु यसको निम्ति कसरी कम्युनिस्ट आन्दोलनको सुरुवात गर्ने आदरणीय हाम्रा अघिल्लो पुस्ताका नेताहरू, मोहनविक्रम सिंह जस्ता योद्धाहरू जसले सबै चुनौतीहरूको सामना गर्दै आउनुभएको छ । अनेकौँ उतारचढावहरू सामना गर्नुभयो । झन्डै झन्डै कम्युनिस्ट आन्दोलनहरू सिद्धिने हो की भन्नै अवस्था भयो । विघटनको अवस्थामा पुग्ने हो की समर्पणको दिशामा जाने हो की भन्ने थियो । आँट गरेपछि पार नलाग्ने केही पनि छैन । सकारात्मक सोचका साथ लाग्नुपर्छ ।’ ‘तर पनि मानव जातिभित्र असल पनि छ । कमजोर पनि छ । नेताहरूभित्र असल पनि छन्, कमसल पनि छन्, भ्रष्ट पनि छन्, पतित पनि छन्, स्वार्थी पनि छन् । मतलबी पनि छन् । देश बेच्ने प्रपञ्च रच्ने, सिद्ध्याउने पनि छन् । चुनौतीको सामना गर्ने हो,’ उनले थपे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका