जोडिनुहोस
  • होमपेज
  • स्थानीय तह उपनिर्वाचनः १० बजेसम्म कति खस्यो मत?

स्थानीय तह उपनिर्वाचनः १० बजेसम्म कति खस्यो मत?

काठमाडौं। स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान भइरहेको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो।

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अहिले बिहान १० बजेसम्म १५ देखि २० प्रतिशतसम्म मत खसिसकेको छ।

बेलुका ५ बजेसम्म हुने मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्ने उनले बताइन्। यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको उनले बताइन्।

आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका