जनकपुरधाम। सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ। बरियारपट्टी गाउँपालिका–१ कचनारी बोर्डर नजिक ठक्करबाट शस्त्र प्रहरीका सई लक्ष्मण यादवको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते यादवको आइतबार बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भए सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
गाडी बोर्डर नजिक सुरक्षा जाँचका लागि खटिएका यादवलाई गाडीले ठक्कर दिएर भागेको हो। ठक्कर दिने गाडीको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।