
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले आइतबार चार राजदूतलाई शपथ गराएका हुन् ।
महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहमा संयुक्त राज्य अमेरिकाका निम्ति नेपाली राजदूत लोकदर्शन रेग्मीले शपथ लिए ।
यस्तै, जर्मनीका निम्ति नेपाली राजदूत डा. शैल रूपाखेती, साउदी अरेबियाका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका निम्ति नेपाली राजदूत चित्रलेखा यादवले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।