
काठमाडौं। देशका ४१ स्थानीय तहमा भइरहेको चुनावमा ५० प्रतिशत भन्दा बढी मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म ५० प्रतिशत भन्दा बढी मतदान भएको हो ।
स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ । निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मतदाताहरूको उत्साहजनक सहभागिता रहेको छ ।
मतदान बेलुकी ५ बजेसम्म जारी रहने छ ।