काठमाडौं–उदयपुरको २ वडामा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा ४ हजार ४१२ मत खसेको छ । जुन ६३ प्रतिशत मत हो ।
उदयपुरका निर्वाचन अधिकृत दीपक दाहालका अनुसार उदयपुर बेलाका नगरपालिका ९ को वडा अध्यक्षको पादमा लागि १ हजार ८८५ मत खसेको छ । जुन ६० प्रतिशत मत हो । उदयपुर त्रियुगा नगरपालिका–१२ मा वडा अध्यक्षको पदको लागि २ हजार ५२७ मत खसेको अधिकृत दाहाले जानकारी दिए छ । जुन ६५ प्रतिशत मत हो ।
त्रियुगा–१२ मा जनप्रेमी आधारभूत विद्यालय, पुरानो गाईघाट, र बेलका–९ मा वरपीपल मावि, रामपुरलाई मतदान केन्द्रमा मतदान भएको थियो । बेलका–९ मा नेपाली कांग्रेसका नवराज बस्नेत(नविन), एमालेका मोहन खड्का, र माओवादी केन्द्रका भरत घिमिरेसहित ७ उम्मेदवार प्रतिस्पर्धामा छन् । रास्वपा, जसपा, र राप्रपाका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन् ।
बोलका–९ मा आम निर्वाचनमा कांग्रेसका पदम खड्का वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो । त्रियुगा–१२ मा नेपाली कांग्रेसका सञ्जिव काफ्ले, एमालेका लक्ष्मीनारायण चौधरी, र माओवादी केन्द्रका नवीन वान्तवा राईसहित ९ उम्मेदवार प्रतिस्पर्धामा छन्। अन्य उम्मेदवारहरूमा एकीकृत समाजवादीकी निर्मला चौधरी, रास्वपाका ध्रुव पोखरेल, नाउपा, जनमत, र स्वतन्त्र उम्मेदवारहरू छन् । त्रियुगा–१२ मा कांग्रेसका वडा अध्यक्ष चुडाराज काफ्ले पनि सवारी दुर्घटनामा परेर मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।
अधिकृत दाहालका अनुसार मतगणना आजै रातिबाट हुने भएको छ । दुवै वडाको सर्वदलीय बैठक बसेर आजैबाट मतगणना हुने दाहालले जानकारी दिएका छन् ।