राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
मेषः दिन राम्रो छ। सोचेका काम बन्नेछन्। विपक्षी शान्त भएकाले काममा अवरोध नहुने दिन छ। खानपानमा ख्याल नगर्नाले रोगको जोखिम छ। बौद्धिक क्षेत्रका अभियान्तासँगको भेटले मन खुशी हुनेछ।
वृषः थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। तर्क गर्दा घाटा हुने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको श्रमबाट फाइदा हुनेछ। परिवारमा विश्वास घात हुने जोखिम रहेको छ। प्रेम सम्बन्धमा खटपटी हुनेछ।
मिथुनः अनुत्पादक क्षेत्रमा धन खर्च हुनेछ। साथीलाई गोप्य कुरा सुनाएमा तपाईंमाथि आक्रमण हुनेछ। धार्मिक कार्यक्रममा सहभागी भएमा मन शान्त हुनेछ। गुरुसँगको साक्षात्कारले फाइदा हुने योग छ।
कर्कटः दिन सामान्य छ। आफ्नै बोलीका कारण अप्ठेरोमा पर्ने दिन छ। दाजुभाइको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। परिवारको सल्लाह लिएर गरेको कामबाट नाम र दाम दुवै मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
सिंहः शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। लगानीका क्षेत्र सबल छन्। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। गोपनीयता भंग हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
कन्याः साना कुराले मन अशान्त बन्नेछ। एकल लगानीमा अगाडि बढ्नु भन्दा संयुक्त लगानीबाट फाइदा हुने देखिन्छ। परिवारसँग रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुलाः अनुत्पादक क्षेत्रको लगानीले मन दुःखी हुनसक्छ। परिवारले भन्दा बाहिरका साथीहरुले तपाईंको प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ।
वृश्चिकः धनस्थानमा चन्द्रमा पुगेका छन्। धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्ने दिन छ। साथीभाइले साथ दिएको मौकामा आफ्नो काम गरेमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनसक्छ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।
धनुः दिन राम्रो छ। आफ्नै राशिमा चन्द्रमाले भ्रमण गर्दैछन्। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। कुनै कामको सुरुवात गरेको भए सफलता मिल्नेछ। स्वास्थ्यको पर्खाइमा भए लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा लगानी भएमा फाइदा हुनेछ।
मकरः सञ्चित धन खर्च हुने जोखिम छ। साथीभाइको साथले सोचेको काम बन्नेछ। शिक्षाको क्षेत्रमा अल्छीपन बढ्ने भएकाले परीक्षाको तयारीमा भए सचेत बन्नुपर्नेछ। साथीलाई विश्वास गरेमा व्यापारमा फाइदा हुने दिन छ।
कुम्भः शुभग्रहको बल बहुमतमा छ। मन शान्त बनाउन र व्यवहार सहज बनाउन बिहानै शिवको भजन सुन्दा राम्रो हुनेछ। अरुको चिन्ता लिनु भन्दा आफू थोरै बोलेर अगाडि बढ्नु राम्रो हुने दिन छ।
मीनः शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बौद्धिक क्षेत्रमा गरेको श्रमले नाम र दाम दुवै प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल