
काठमाडौं । घुस रकमसहित ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नियन्त्रणमा लिएको छ ।
आयोगका अनुसार, रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीलाई सेवाग्राहीबाट लिएको २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
सवारीसाधन आवत/जावत गर्न सहजीकरणका निम्ति उनले घुस लिएको जानकारी आयोगले दिएको छ । आयोगका अनुसार, बुढाथोकीलाई घुस रकमसहित रोल्पा नगरपालिका–४ स्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो । घुसका विषयमा थप अनुसन्धान भइरहेको छ ।