
काठमाडौं महानगरपालिका–८ पशुपति गाइपालन नजिकको सडकपेटीमा एक महिला मृत फेला परेकी छिन् । प्रहरीका अनुसार नामथर, वतन नखुलेकी अन्दाजी ३५ र ३६ वर्षीया महिला मृत फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त गौशालले अनुसन्धान अघि बढाएको छ । मृत महिलाको कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएकोले शवको सनाखत समेत हुन नसकेको प्रहरीले जनाएको छ ।