
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबिच भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीबीच आज भेटवार्ता भएको हो ।
यसअघि प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिच पनि मंगलबार नै भेटवार्ता भएको हो । लीसँगको भेटपछि नेपाल र चीनबिच सहयोगबारे आठ समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधि मण्डलको टोली आइतबार चार दिने भ्रमणका लागि चीन भ्रमणमा निस्किएका हुन् ।