जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानमा दक्ष प्रसूतिकर्मी र नर्सिङको पढाइमा महिलालाई प्रतिबन्ध

अफगानिस्तानमा दक्ष प्रसूतिकर्मी र नर्सिङको पढाइमा महिलालाई प्रतिबन्ध

काठमाडौं। तालिबान सरकारले अफगानी महिलाहरूलाई ’मिडवाइफ’ अर्थात् दक्ष प्रसूतिकर्मी र नर्सिङको पढाइमा प्रतिबन्ध लगाएको छ । सत्तामा आएयता महिलाहरूविरुद्ध लगातार आदेश दिँदै आएको तालिबानले दक्ष प्रसूतिकर्मी र नर्सिङको पढाइ गरिरहेका महिलाहरूलाई कक्षामा नफर्किन भनेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार अफगानिस्तानमा महिलाहरूका लागि शिक्षाका दुई वटा अन्तिम माध्यम थिए जुन अहिले तालिबान सरकारले बन्द गरिसकेको छ । अफगानिस्तानका पाँच वटा छुट्टाछुट्टै संस्थाहरूले पनि अर्काे सूचना नभएसम्म सेवा बन्द गर्न आफूहरूलाई निर्देशन दिइएको बताएका छन् ।

अनलाइनमा साझा गरिएका भिडियोहरूमा रोइरहेका देख्न सकिन्छ । यद्दपि बीबीसीले तालिबान सरकारको स्वास्थ्य मन्त्रालयसँग आधिकारिक रूपमा आदेशको पुष्टि गरेको छैन ।

तालिबान सरकारले पाठ्यक्रम ‘इस्लामिक’ भएको सुनिश्चित गरेपछि शिक्षा शुरू गर्ने वाचा गरे पनि सन् २०२१ देखि किशोर–किशोरीहरू शिक्षाबाट वञ्चित छन् ।

यसैबीच अफगानिस्तानको स्वास्थ्य सङ्कट झन् बिग्रँदै गएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ मा अफगानिस्तानलाई देशको आवश्यकता पूरा गर्न थप १८ हजार जना दक्ष प्रसूतिकर्मी आवश्यक रहेको बताएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका