काठमाण्डौ उपत्यका विकास प्राधिकरणले मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएको छ । प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर काठमाण्डौ उपत्यकाभित्रका क्षेत्रमा योजना अनुमति लिएर मात्र निर्माण कार्य अघि बढाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै यो निर्देशनलाई अटेर गरेमा प्राधिकरण आफैंले हटाउने र त्यसमा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल्ने चेतावनी दिएको छ ।
जग्गा विकास, सामूहिक आवास, संयुक्त आवास एवम् संस्थागत, सार्वजनिक, व्यापारिक, मिश्रित, आवासीय, सांस्कृतिक समारोह, भोजभतेर स्थल, अस्पताल, विद्यालय, सभा सम्मेलन भवन, कलेज, नर्सिङ होमका संरचना निर्माण गर्दा प्राधिकरणको अनुमति लिनुपर्ने व्यवस्था छ ।
प्राधिकरणले मापदण्ड विपरीत भएरगरेका निर्माण कार्य हटाउनरभत्काउन आदेश दिने, त्यो बमोजिम नगरेमा प्राधिकरण आफैंले हटाउने, त्यस्तो सम्पत्ति कुनै व्यहोराले हक छाडिदिन वा किनबेच, अंशबन्डा गर्न, बैंक तथा वित्तीय संस्थालाई धितो बन्धकी दिन नपाउनेगरी रोक्का राख्न लेखी पठाउन सक्ने छ ।